गलकोट मनेवाकाे दरमखोला हाइड्रोलाई आईपीओको स्वीकृति

खर्वाङ । नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।
कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गर्न लागेको हो । जुन कुल सेयरको ३८.३३ प्रतिशत हो ।
अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
कम्पनीले बागलुङको गलकोट नगरपालिका ११ मनेवामा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ ।
प्रतिकृया दिनुहोस