डुडेवाचौर सामुदायिक बन उपभोक्ता समुहको साधारण सभा तथा ११ औं अधिबेशन सम्पन्न

डुडेवाचौर सामुदायिक बन उपभोक्ता समुह बडिगाड २ खर्वाङ बागलुङको ३१ औं बार्षिक साधारण सभा तथा ११ औं अधिबेशन हिजो (शनिवार) सम्पन्न भएको छ ।
जीसस हल खर्वाङमा सम्पन्न ११ औं अधिबेशनले डुडेवाचौर सामुदायिक बन उपभोक्ता समितिमा पुरानै कार्य समितिलाइ निरन्तरता दिइएको छ । कार्यक्रममा डुडेवाचौर सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने कोषा अध्यक्ष मन बहादुर थापाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम बन उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षता, बडिगाड गाउँपालिका २ का वडाध्यक्ष ढाल प्रसाद शेरचनको प्रमुख आतिथ्यता तथा सचिब टंक भुजेलको सञ्चालमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस