जलजलमा पहिरोले घर पुरिएपछि लायन्सले गर्यो सहयोग
खर्वाङ । अविरल वर्षासँगै घर माथिबाट खसेको पहिरोले जलजलामा गोठसाले घर (घरगोठ एकै ठाउँ भएको) मा क्षती भएपछि लायन्स क्लब बागलुङ बडिगाडले राहत उपलब्ध गराएको छ । गयराति पहिरोले बडिगाड –४ जलजला नैतुल छापहिलेका दुर्गाबहादुर दर्लामीको गोठसालेमा पुर्ण रुपमा क्षति पुगेको थियो ।
प्रेसिडेन्ट नरिश्वर घिमिरेका अनुशार लायन्सले जस्तापाता खाद्यन्न भाँडाकुँडा र लत्ताकपडा सहित ३० हजार बराबरको राहत उपलब्ध गराएको हो । जहाँ समस्या त्यहाँ लायन्स अभियान अन्तर्गत वडाध्यक्षको खबरपछि सहयोग वितरण गरिएको घिमिरेले जानकारी दिए ।
आइतबार राति खसेको पहिरोले मानवीय क्षति नभए पनि घरमा बस्नै नमिल्ने गरी पूर्णरुपमा क्षतिग्रस्त बनेको बडिगाड –४ जलजलाका वडा अध्यक्ष मिलन रेश्मीले जानकारी दिनुभयो । वर्षाले पहिरोको जोखिम बढेपछि आइतबार राति नै दर्लामी परिवार आफ्नै पुरानो घरमा सर्दा मानवीय क्षति हुन नपाएको रेश्मीले बताए ।
प्राकृतिक बिपत्तिको पूर्वानुमान गर्दा ठुलो मानवीय क्षति टरेको प्रहरी चौकी खारका प्रमुख प्रहरी साहायक निरीक्षक श्यामसुन्दर शाहले बताऐ । पहिरोले घर पुरिँदा भएको क्षतिबारे तथ्याङ्क संकलनपछि एकीन हुने शाहको भनाइ छ ।
यसैविच गय रातिकै अविरल बर्षा संगैको पहिरोले बडिगाड गाउँपालिका ९ खहरे गावँको तल्लो छरछरे खाने पानी आयोजनाको मुहान पुर्णरुपमा क्षती पुगेको छ । मुहानमा क्षती पुगेपछि ४५ घरधुरीका खानेपानी उपभोक्ता समस्यामा परेका स्थानिय प्रेम बहादुर विकले जानकारी दिए ।


अनिष पाठक
प्रतिकृया दिनुहोस