खाद्य विषाक्तताबाट (फुड पाेइजनिङ) बिरामी बडिगाडका १३ जना उपचारपछि डिस्चार्ज
बडिगाड: खाना विसाक्तता (फुड पाेइजनिङ) काे कारण प्रादेशिक अस्पताल बुर्तिवाङ गएराती भर्ना हुनुभएका बडिगाड ७ का १३ जनाकाे उपचार पछि अवस्था सामान्य भएकाे र डिस्चार्ज भएकाे अस्पतालले जनाएकाे छ।
हिँजाे दिउसाे खड्क जयन्ति युवा क्लवकाे कार्यक्रमपछि एउटै स्थानमा खाजा खाएका धेरै जनालाइ पेट दुख्ने, वाकवाकी लाग्ने, पखला लाग्ने, भएपछि प्रादेशिक अस्पताल बुर्तिवाङ पुर्याइएकाे थियाे। रातकाे १२ः३० बजे अस्पताल भर्ना गरेका १३ जनालाइ विहान डिस्चार्ज गरिएकाे अस्पतालले जनाएकाे छ।
रातकाे समयमा डा. दिव्या पाेखरेलकाे टिमले उपचार सहजिकरण गरेकाे इमर्जेन्सि इन्चार्ज चुरामणि कंडेलले जानकारी दिनुभएकाे छ।


कमल पौडेल
प्रतिकृया दिनुहोस