• १९ जेठ २०८२, आइतबार
  • ११:३४:२९

Now: सिने संसार

Next: नेपाल खवर

१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा बागलुङलाइ पच्छ्याउँदै बडिगाड उपविजेता

बागलुङ: बागलुङको बाङेचौरमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुल २५ स्वर्ण पदक सहित बागलुङ नगरपालिका विजेता बनेको छ।

नगरपालिकाले ६ रजत र १० काश्य पदक सहित कुल ४१ पदक हात पारेको हो। त्यस्तै बडिगाड गाउँपालिकाले ११ स्वर्ण पदक सहित उपविजेतामा चित्त बुझाएको छ। १५ रजत र ९ काश्य सहित कुल ३५ पदक हात पारेको बडिगाड गाउँपालिका दोस्रो भएको हो। प्रतियोगितामा ७ स्वर्ण, १० रजत र ७ काश्य पदक सहित जैमिनि नगरपालिका तेस्रो भएको छ।

प्रतियोगितामा जिल्लाका बागलुङ, गल्कोट, जैमिनि र ढोरपाटन नगरपालिका तथा बडिगाड र काठेखोला गाउँपालिकाको सहभागिता रहेको थियो। सो कार्यक्रममा एथलेटिक्स, भलिवल, कबड्डी, तेक्वान्दो, कराँते विधामा कुल १५८ पदकमा भएको खेलमा छनौट देखि १ हजार भन्दा बढि खेलाडि सहभागि भएको जिल्ला खेलकुद विकास समितिका सचिव किशोर थापाले जानकारी दिनुभएको छ। 

यसैविच बडिगाड गाउँपालिकाले टिमगेम तर्फ कबड्डी छात्रमा प्रथम स्थान हासिल गरेको छ भने कबड्डी छात्रा र भलिवल छात्रामा तृतिय स्थानमा चित्त बुझाएको छ। एथ्लेटिक्स तर्फ १०० मिटर दौड छात्रा, २०० मिटर दौड छात्रा, सटफुट छात्र, ४०० रिले छात्रा, हाइजम्प छात्राको खेलमा प्रथम भएको छ। त्यस्तै कराँते तर्फ ३ र तेक्वान्दोमा १ स्वर्ण जित्न सफल भएको छ। गतवर्षपनि द्धितिय स्थानमा रहेको बडिगाडले पदक संख्या भने बढाएको छ।

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै