• १९ जेठ २०८२, आइतबार
  • ११:४०:१०

Now: सिने संसार

Next: नेपाल खवर

भिमगिठे–मालारानी जोड्ने मोटरेबल पुल सञ्चालनमा

बडिगाड गाउँपालिका वडा नं ७ भिमगिठे र वडा नं. ९ दर्लिङको मालारानी जोड्ने गरी बडिगाड खोलाको कालिरहमा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गरिएको छ । पाँच वर्षमा निर्माण गरिएको पुल गत चैत्रदेखि सञ्चालनमा आए पनि गण्डकी प्रदेशका सांसद दोर्ण कुँवरले शनिबार पुलको उद्घाटन गर्नुभएको हो ।

सात करोड ६६ लाख रुपियाँ बजेटमा निर्माण गरिएको पचास मिटर लम्बाइको पुल सञ्चालन आएपछि मध्यपहाडी लोकमार्ग र सालझण्डी ढोरपाटन सडकको कनेक्टिभिटीसहित राजकुत, प्युठान, गुल्मी जिल्लासहित निसीखोलाका नागरिकलाई आवातजावतसँगै उपभोग्य सामग्री ढुवानीमा सहज हुने सांसद दोर्ण कुँवरले बताउनुभयो ।
विसं. २०७७ कात्तिकमा सडक डिभिजन कार्यालयले रायमाझी  राजेश्वरी जेबीलाई पुल निर्माणको जिम्मा दिएको थियो । २०७९ फागुनमा काम सम्पन्न गर्नुपर्ने समयसिमा रहेपनि बजेट अभावमा तीन वर्ष ढिलागरी पुल निर्माण भएको हो । ‘‘पर्याप्त बजेट नहुँदा पुल समयमै सम्पन्न गर्न नसकिएको हो’’ सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले भन्नुभयो ।

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पुल बनेपछि ग्रामीण क्षेत्रका नागरिकको यात्रा अब बाह्रैमास सहज बताउनुभयो । कालिरहमा बनेको पुलले ग्रामीण क्षेत्रका नागरिकलाई लोकमार्गसँग जोडेको थापाको भनाइ छ । पुलबाट लोकमार्गको वैकल्पिक सडकमार्फत मालारानी, राजकुट, हर्पे, देविस्थनाहुँदै रोल्पा, रुकुम, जाजरकोट सम्म पुग्न सकिने छ ।

बडिगाडखोलामा पक्की पुल बनेपछि आवातजावतसँगै ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषि फसल बजार पुर्याउन सहज हुने स्थानीय प्रेमबहादुर केसीले बताउनुभयो । ‘‘गाउँमा उत्पादित तरकारी डोकोमा बोकेर बजार र्पुयाउँदा धेरै दुःख थियो, पुल बनेपछि गाडीमा लोड गरेको तरकारी अब सिधै बजार पुग्ने दिन आयो’’ केसीले भन्नुभयो ।
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै