मुसिकोटमा जेठ २५ गतेदेखि दोश्रो मेयर रनिङ्ग कप संचालन हुने

मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिकामा दोश्रो मेयर रनिङ्ग कप प्रतियोगीता सञ्चालन हुने भएको छ ।
यही जेठ २५ गतेदेखि २८ गतेसम्म मेयर रनिङ्ग कप अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगीता सञ्चालन गर्न लागिएको मुसिकोट नगरखेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।
मंगलबार सम्पन्न समितिको बैठकले अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगीता सहित भेट्रान्स ब्याडमिन्टन प्रतियोगीता समेत आयोजना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
अन्तर स्थानीय तह खुल्ला भलिबल प्रतियोगीता तर्फ प्रथम हुनेले नगद रु.१ लाख ५१ हजार, द्धितिय हुने समुहले नगद रु. १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलबाट पराजित समुहले नगद रु. २५ हजार रुपैयाँ प्राप्त गर्ने मुसिकोट नगर खेलकुद विकास समितिले जनाएको छ ।
सोही कार्यक्रमकै अवसरमा मुसिकोट स्थायी घर भई राष्ट्रिय प्रतियोगीताहरुमा प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सागर रसौलीलाई नगद सहित सम्मान गर्ने कार्यक्रम समेत रहेको बताईएको छ ।
प्रतिकृया दिनुहोस