गण्डकीकाे गाँजा विधेयक प्रमाणीकरण
पाेखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
प्रदेश प्रमुख भट्टले साउन ८ गते सन्देशसहित पुनर्विचारका लागि फिर्ता गर्नुभएको विधेयक प्रदेशसभाले शुक्रबार हुबहु पारित गरेपछि सोमबार प्रमाणीकरण भएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले नेपालको संविधानको धारा २०१ को उपधारा ४ बमोजिम विधेयका प्रमाणीकरण भएको जानकारी दिनुभयो । यसअघि विधेयक सङ्घीय कानुनसँग बाझिएको उल्लेख गर्दै उहाँले तीन वटा सन्देशसहित फिर्ता गर्नुभएको थियो ।
गण्डकी प्रदेश सभामा विधेयक फिर्ता भएको यो पहिलो पटक हो । यसअघि यो विधेयक २०८३ असार २५ गते संसदबाट पारित भएको थियो ।


प्रतिकृया दिनुहोस