• १० असोज २०८३, शनिबार
  • ०५:३८:०७

Now: धौलागिरी हालचाल

Next: कायाकैरन

बडिगाडमा कांग्रेसको वडा अधिवेशन सम्पन्न

बडिगाड ५ को वडा अधिवेशन

खर्वाङ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत बागलुङको बडिगाड गाउँपालिकाका १० वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिकाका सबै वडामा नयाँ नेतृत्व चयन गरिएको हाे ।

नेपाली कांग्रेस बडिगाडका अनुशार पालिकाका सबै वडामा सभापति सहितका पदाधिकारी चयन गरिएको छ । वडा नं. १ मा बोम बहादुर थापा, वडा नं. २ मा गोकुल गिरी, वडा नं. ३ मा मन बहादुर घर्ति, वडा नं. ४ मा पदम श्रीस, वडा नं. ५ मा चेतनारायण (कृष्ण) आचार्य सभापतिमा चयन भएका छन ।

यस्तै वडा नं. ६ मा टोप बहादुर केसी, वडा नं. ७ मा पदम थापा, वडा नं. ८ मा बिनोद कुमार घर्ति, वडा नं. ९ मा क्याप्टेन ध्रुबप्रताप मल्ल र वडा नं. १० मा तेजेन्द्र छन्तेल वडा सभापतिमा निर्वाचित भएको कांग्रेसले जानकारी दिएको छ ।

साथै पार्टीले क्षेत्रीय प्रतिनिधीको पनि छनोट गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑