बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल संचालन
बागलुङ । बागलुङमा सोमबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङ शाखाले सहुलियत मुल्यमा चिनी, नून, तोरीको तेल र आटाको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
नजिकिँदै गरेको दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौर स्थित कार्यालयमा सुपथ मूल्य पसल सञ्चालन ल्याइएको साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यलयले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको छ ।
सुपथ मुल्यसंगै गुणस्तरीय समाग्रीका लागि उपभोक्ताहरु लाईनमा बसेरै खाद्य सामाग्री खरिद गर्न थालेका छन् । पसलबाट चिनी प्रतिकिलो रु.१००, नुन प्रतिकिलो रु.२४ रुपैयाँ र शुद्ध तोरीको तेल प्रतिलिटर रु.३८० रुपमा बिक्री भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । प्रतिव्यक्ति अधिकतम ५ किलो चिनी, नुन र तेल खरिद गर्न सकिने छ । यस्तै आटा ५ केजीलाई रु.३५० मा बिक्री भइरहेको छ ।
सुपथ मुल्यपसल सार्वजनिक बिदाको दिन बाहेक कात्तिक ३० गते सम्म सञ्चालनमा आउने छ ।


प्रतिकृया दिनुहोस