दुर्गेश हेलिकप्टरमा, गाडीभाडा तिरेर आएका नागरिकलाई आयोजककाे कुठराघात दर्शक हेरेको हेरै…

गुल्मी । पछिल्लो समय मेला महोत्सव भड्किला बनाउन थालिएको छ । सोमबार दर्शक दुर्गेशलाई हेरेको हेरै भए । किनकी उनी हेलिकप्टरमा आए । शानका साथ स्टेज पसे । करिव एक घण्टा शानका साथ गीत गाए । शानकै साथ हेलिकप्टर चढेर फर्किए ।
तर, उनकै हेलिकप्टरको लागि दर्शक अर्थात आम नागरिकले सय रुपियाँको टिकट दुई सयमा किन्न बाध्य भए । यो बिषयमा बोल्ने धेरै पासवाला थिए । उफ्रनेवालालाई मज्जानै थपियो ।
तर, महोत्सवकै लागि गाउँबाट गाडीभाडा तिरेर आएकाहरुलाई आयोजकले कुठराघात ग¥यो । यो महोत्सवको नाममा भित्रिएको विकृती हो । उडेको फजुल खर्चभित्र कृषि पर्यटन र समृद्धिको नारा गुमनाम बन्यो ।
अचम्मको बिषय त उद्घाटनमा प्रधानमन्त्री, अर्थमन्त्रीहुँदै मुख्यमन्त्रीसम्म ल्याउने हल्लामा मात्रै सिमित आयोजक दुर्गेशलाई हेलिकप्टर दिन कसरी उत्साहित बन्यो । महोत्सवमा गुल्मेली हस्तकलाका सामग्री बेच्नेहरुले इजतको लागि मात्रै आएको बताउँछन् । केहि दिन देखिएको कृषि स्टल अहिले छैन् ।
स्टेजले मारुनी, सोरठी, कौडा, भजन, कृष्ण चरित्र, ख्याली, वाली खोजेको छ । स्टलले खोजेको रुरु र छत्रकोटको गुडखुदो, बुल्मका कुमाल समुदायका माटाका सामग्री, आँपचौरको कफि र अर्गानिक तरकारी हो । तर, फेन्सीले लोपटेको स्टलमा काफल बेच्नेहरुलाई गेटबाट प्रवेश थिएन ।
दुर्गेशले आफ्नो मुल्य तोक्नु अस्वभाविक भएन् । तर, आयोजकले पाँचदेखि सात लाख खर्चेर आएका दुर्गेशबाट प्राप्त चाहीँ के गरे ? यो प्रश्न हो । गुल्मी चेम्बर अफ कमर्शले ठूलो पापड पेलेर दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन, ब्यापार एब औद्योगिक मेला आयोजना गरेको थियो । मेला बिस्तारै लयमा पुग्दैथ्यो ।
वैशाख १३, १४ गते दर्शकको निकै भिड महोत्सव स्थलमा थियो । महोललाई अझै बढाउन हाउजिबिङ्गो थपियो । त्यसैमा अहिलेका चर्चित गायक तथा मोडल दुर्गेश थापाको आउने चर्चा स्टेज र संजाललमा चुलियो ।
महङ्गो कलाकार भएकाले अन्तिम चरणमा महोत्सवमा आउनेनै पक्का भयो । दुर्गेश आउने भएपछि उनलाईभन्दा हेलिकप्टर हेर्नेहरुको भीडले चिदिचौर खचाखच बन्यो । तर, दुर्गेककै पछि लागेर महोत्सव स्थलसम्म पुगेका दर्शक उनीसंगै गेटभित्र छिर्न सकेनन् ।
अर्को बिडम्बना त दुर्गेशले गाइरहेकै बेला २५ मिनेट साउण्ड अफ भयो । त्यहि बेला बेग्र प्रतिक्षा गरिरहेका दर्शकको आयोजकलाई वास्था थिएन । स्टेजमा दुर्गेशसंगको सेल्फीसहितको फोटोसेसन नमज्जाको थियो । दुर्गेशका गीत सवै उमेर समुहको जिब्रोमा छ । तर, उनका आत्मग्रन्थी केन्द्रित गीतको मज्जामा धुलो नउड्ने ठाउँ पनि कम छन् ।
दुर्गेश आफैले स्टेजबाट भने,‘मैले कमाउने पैसा आधा हेलिकप्टरलाई आधा सहयोग’ । उनले हिट सवै गीत गाएर दर्शकलाई नचाए । त्यसपछि पालो थियो हट गायीका ज्योति मगरको । उनले पनि दर्शकलाई निकै नचाइन, तर, बिशेष सन्देश यो छोडिन की म फेरि आउँदा सुनको घोडामा आउँछु, शुभकमना छ ……………………….
प्रतिकृया दिनुहोस