• २१ बैशाख २०८२, आइतबार
  • ०७:३९:२५

Now: भन्छिन आमा

Next: सन्देश/पिएसए

सय दिने रोजगारका श्रमिकसंग मुसिकाेट नगरले मनायाे श्रमिक दिवस

वामीटक्सार ।  मुसिकोट नगरपालिकाले नगरभित्र काम गर्ने सय दिने रोजगारका श्रमिकसंग १३६ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको छ ।बिहान प्रभातफेरीसहित आयोजित कार्यक्रममा पालिकाभित्रका ७१ जना श्रमिकहरुलाई सम्मान समेत गरिएको छ ।

प्रधानमन्त्री रोजगार अन्तरगत सूचिकृत भएर वडाहरुका विभिन्न क्षेत्रमा काम गरिरहेका श्रमिकहरुको सम्मान र उर्जाका लागि कार्यक्रम गरिएको मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले बताउनुभयो ।

उहाँले यो दिवसमा मुलुक बनाउने श्रमिकहरुलाई भेट्दा पनि आत्मसम्मान खुसी मिल्ने भएकाल कार्यक्रम आयोजना गरेको बताउनुभयो । मुसिकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष रमेश विश्वकर्मा अध्यक्षता रहेको कार्यक्रममा मेयर खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, जिल्ला समन्वय समिति सदस्य सावित्रा भण्डारी लगायतको उपस्थिती रहेको थियो । उपस्थित सरोकारवाला र श्रमिकबिच शुभकामना आदानप्रदान भएको थियो ।

दिवसकाे अबसरमा गुल्मीका अन्य  स्थानीय तहले पनि विभिन्न रचनात्मक कामहरु गरेका छन् ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै