सारथीको श्रद्धाञ्जलि सभा सम्पन्न

खर्वाङ । रेडियो सारथी १०७.४ मेघाहर्जका शेयर सदस्य तथा सञ्चालक समिति सदस्य बाबुराम जिसिकाे ममतामयी माता फुलकुमारी जिसीको निधनको आज नवौं दिनको पुण्यतिथिको अबसरमा रेडियोले श्रद्धाञ्जलि सभा सम्पन्न गरेको छ ।
सो अबसरमा रेडियोका संचालक समिति अध्यक्ष विष्णु प्रसाद भुसालले समवेदना पत्र परिवारलाई हस्ताहन्तर गर्नुभएको थियो । समवेदना पत्र हस्ताहन्तर कार्यक्रममा रेडियोका संचालक समिति कोषाध्यक्ष खगिश्वर अर्याल, सल्लाहाकार समित सदस्य होमनाथ अर्याल, बद्रीनाथ घिमिरे, तथा शेयर सदस्य होसियारसिंह थापाको उपस्थीति रहेको थियो ।
बडिगाड गाउँपालिका वडा नं. २ खार्वाङ स्थित आफ्नै घरमा फुलकुमारी जिसिको ८५ वर्षको उमेरमा यहि बैशाख १० गते निधन भएको हो । जिसिका ३ छोरा र ६ छोरी हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस