• २१ बैशाख २०८२, आइतबार
  • ०७:५५:०५

Now: भन्छिन आमा

Next: सन्देश/पिएसए

नचलेकाे बागलुङ बसपार्कमा साँवा ब्याज मात्रै वार्षिक ८७ लाख खर्चदै बागलुङ नगरपालिका

बागलुङ । जिल्लाकाे बागलुङ बसपार्क त अहिले पूर्ण संचालनमा आएको छैन । बसपार्क नचलेपछि यहाँबाट बागलुङ नगरपालिकालाई आम्दानी आउने कुरै भएन ।

तर, यहीं बसपार्क बनाउन नगर विकास कोषबाट लिएको ऋण भने नगरपालिकाले वर्षेनी तिर्दै आएको छ । झण्डै ११ करोड खर्च भएको बागलुङ बसपार्क निर्माणको साँवा ब्याज गरेर नगरपालिकाले वार्षिक ८७ लाख रुपैयाँ खर्चदै आएको छ ।

गत असोजमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे पनि अहिलेसम्म यो बसपार्क व्यवसायिक संचालन भएको छैन । बसपार्कका लागि जग्गा दिएकाहरुले फिर्ता पनि पाएका छैनन् । यहाँ झण्डै एक सय बढी किसानको जग्गा परेको छ ।

सीमित जग्गा बसपार्क बनेपनि प्लटिङ गरेर पुनः उनीहरुलाई फिर्ता गर्ने नगरको योजना पनि अलपत्रै छ । पहुँच सडक साँघुरो भएको कारण देखाएर व्यवसायीले बसपार्कमा सवारी लगेका छैनन् । विस्थापित गर्न लागिएको चिप्लेटी बसपार्कमै बसहरुको लर्को लाग्छ ।

एकादुई गाडी चार्ज गर्न र केही दिन नचल्ने भएमा मात्रै छिटफुत बसपार्क पुग्छन् । यहाँ खानेपानी, होटल र रेष्टुरेन्ट नभएको बाहनामा व्यवसायीले पुरानै स्थान र सडक छेउमा बस पार्क गरेर राख्छन् । यहाँका दुईवटा साझा बस सडकमै भेटिन्छन् ।

नगर विकास कोषबाट ल्याएको ऋणबाट बनेको बसपार्क चल्न नसकेपनि हरेक वर्ष ८७ लाख व्याज नगरपालिकाले कोषलाई तिर्दै आएको छ । चैत मसान्तसम्ममा सबै योजनाहरुको ४५ प्रतिशत प्रगती भैरहेको देखिंदा ऋण भने शतप्रतिशत तिरीसकिएको छ । यो ऋण तिर्न थालेको दशक बितिसकेको छ । बसपार्क भने संचालनमा नभएपछि नगरको आम्दानी छैन ।

साँवा ब्याज नियमित तिर्दा नगरको विकास बजेटमा असर परेको छ । ‘ऋण तिर्न नपर्ने भए धेरै विकासका काम गर्न सकिन्थ्यो,’ एक जनप्रतिनिधिले भने ‘चाहेर पनि कतिपय अत्यावस्यक योजनामा बजेट राख्न सकिएको छैन ।’

दुइ वर्षमा सम्पन्न गर्ने लक्ष्यले २०७५ सालमा ३१ करोड लागतमा निर्माणाधीन बागलुङ नगर खानेपानी आयोजना पनि अझै सकिएको छैन । नगरपालिका नै जमानत बसेर कोषबाट लिएको ऋणको भारीले नगर खानेपानी उपभोक्ता संस्था थला परेको छ ।

संस्थाले वार्षिक ८० लाख रुपैयाँ उक्त आयोजनाको साँवाव्याज भुक्तानी गर्छ । खानेपानीको महसुल उठ्ने रकमभन्दा बढी ऋण तिर्दैमा सकिएको उपभोक्ता समितिका कावा अध्यक्ष हरिबहादुरले जिसीले बताए ।

नगरपालिकाकै २ करोड ३६ लाख लगानीमा वडा नं. ४ मै निर्माण गरेको वृद्धाश्रम पनि संचालनमा ल्याउन सकेको छैन । जंगेश्वर महादेव गुठीको ५ रोपनी जमिनमा बनेको आश्रम आसपासमा झार उम्रेको छ ।

२०७० पुसमा काम थालेर २०८० असारमा निर्माण सकिएको घर रित्तै छ । ‘आश्रमको खोजीमा कोही आएका छैनन्,’ नगरप्रमुख श्रेष्ठले भने, ‘अन्य उपयोगका लागि सोच्दैछौं ।’ - ढाेरपाटन दैनिक

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै