• २१ बैशाख २०८२, आइतबार
  • ०६:१५:२१

Now: कायाकैरन

Next: राष्ट्र र सँगीत

काठेखोलाले नौ महिनामा संकलन गर्यो ५२ लाख राजश्व

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ५२ लाख बढी राजश्व संकलन गरेको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को चैत मसान्तसम्म ५२ लाख ८७ हजार तीन सय ४५ रुपियाँ ९८ पैसा आन्तरिक आय संकलन गरिएको हो ।

प्रशासकीय अधिकृत कार्कीले वडाहरु मध्ये सबैभन्दा बढी राजश्व वडा नं. ४ तंग्राममा संकलन भएको बताउनुभयो । वडा नं. ४ तंग्रामबाट ७ लाख ७० हजार दुई सय आठ रुपियाँ आन्तरिक आय संकलन भएको छ ।

यस्तै वडा नं. १ पालाबाट चार लाख ५५ हजार ६ सय ९८ रुपियाँ ७७ पैसा, वडा नं. २ भीमापोखराबाट पाँच लाख ५९ हजार एक सय ५४ रुपियाँ ९२ पैसा, वडा नं. ३ धम्जाबाट चार लाख २७ हजार आठ सय ९५ रुपियाँ ६१ पैसा र वडा नम्बर ५ बिहुँबाट छ लाख २८ हजार तीन सय ६८ रुपियाँ ७४ पैसा आन्तरिक आय संकलन भएको छ ।

यस्तै वडा नं. ६ बिहुँबाट पाँच लाख सात हजार पाँच सय ४३ रुपियाँ ७१ पैसा, वडा नं. ७ रेशबाट सात लाख सात हजार छ सय ७७ रुपियाँ २ पैसा, वडा नं. ८ लेखानीबाट छ लाख २८ हजार तीन सय ६८ रुपियाँ ७४ पैसा र गाउँपालिकाको कार्यालयबाट छ लाख १६ हजार छ सय ९३ रुपियाँ ७६ पैसा आन्तरिक आय संकलन भएको छ ।

गाउँपालिकाले आन्तरिक आय संकलनको लागि चालु आर्थिक वर्षमा स्थानीय व्यापारिक क्षेत्रमा अनुगमन गरी दर्ता तथा नविकरण गर्न सुझाव दिएको थियो । गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले चालु आर्थिक वर्षमा १ सय ५ वटा पसलहरुमा अनुगमन गरिएको बताउनुभयो ।-खबरवे 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै