मुसिकोट नगरपालिकामा खुल्न थाले विद्यालय

वामीटक्सार । गुल्मीको मुसिकोट नगरपालिकाले सामुदायिक विद्यालयका नियमित कक्षा सञ्चालन गर्न आन्दोलनरत शिक्षकलाई निर्देशन दिएपछि पालिकाका केहि विद्यालयसंचालनमा आएका छन ।
नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मुसिकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, पाठयपुस्तक वितरण र पठनपाठन लगायतका क्रियाकलाप सञ्चालन गर्न आग्रह गरिएको थियो ।
शिक्षकहरूको विभिन्न मागसहित आन्दोलन जारी रहेको भएता पनि, छिमेकी जिल्लाका पालिका र गुल्मी जिल्लाकै पालिकाका धेरै विद्यालयहरुमा भर्ना, पठनपाठनका क्रियाकलापहरू सञ्चालन भइरहेको हुँदा नगरपालिकामा मंगलवारदेखि नियमित विद्यालय सञ्चालन गर्न गरिएको आग्रह अनुशार आंशिक विद्यालयमा पठनपाठन शुरु भएको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले बताउनुभयो ।
मुसिकोट नगरपालिकाले शिक्षकहरूको जायज र पूरा गर्न सकिने मागहरूका सन्दर्भमा सहमतिसहित आजसम्म सहयोग गरेको बताइएको छ । वैशाख १६ गतदेखि यहाँका विद्यालयमा विद्यार्थी भर्ना, पाठयपुस्तक वितरण र पठनपाठन लगायतका क्रियाकलाप सञ्चालनसँगै जिम्मेवारी र जवाफदेहिता निर्वाह गर्न सम्बन्धित सबैलाई आग्रह गरेको थियो ।
नगरपालिकाभित्र ६८ वटा सामुदायिक विद्यालय जसमा १६ वटा माध्यमिक विद्यालय, आठ वटा निम्न माध्यमिक विद्यालय र अन्य प्राथमिक विद्यालय रहेका छन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा गत चैत २० गतेदेखि भइरहेको शिक्षक आन्दोलनले देशभरका विद्यालयहरूमा असर परेको छ ।
प्रतिकृया दिनुहोस