• २१ बैशाख २०८२, आइतबार
  • ०६:५०:०९

Now: राष्ट्र र सँगीत

Next: सारथी हालचाल

गलकोट नगरको प्रशासकीय भवन निर्माणकाे म्याद सकियो काम ४० प्रतिशत मात्रै

बागलुङ । बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाई भएको छ । निर्माण कम्पनीको लापर्बाहीका कारण सम्झौता अवधि सकिएदा ४० प्रतिशत मात्रै काम भएको हो । वि.सं. २०७९ असार दुई पाँच महिनामा सक्ने गरि सम्झौता भए पनि हालसम्म भवनको आधा काम पनि हुन सकेको छैन ।

भवन निर्माणका लागि रविना/जीवन जेभी काठमाडौँले वि.सं. २०८१ मसिंर २९ गतेसम्म निर्माण सम्पन्न गर्ने गरि जिम्मा पाएको थियो । निर्माण कम्पनीले समयावधि भित्र काम नसकेपछि कार्यापालिकाको बैठकले गत माघ महिनामा थप एक वर्ष म्याद थप गरेको छ ।

म्याद थप गरेको महिनौँ बितिसक्दा पनि निर्माण कम्पनी कामको गतिलाई बढाउन सकेको छैन । छ तले भवनको हालसम्म पाँच तला मात्रै ढलानको भएको गलकोट नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले जानकारी दिनुभयो । भवन रु १२ करोड ४१ लाख ५५ हजार लागतमा बन्न थालेको इन्जिनियर दाहालको भनाइ छ ।

नगरपालिकाले आफ्नो भवन नहुँदा मासिक दुई लाख रुपैयाँ भाडा तिरेर कार्यालय संचालन गर्दै आएको छ । नगरपालिका स्थपनादेखि नै भाडाको घरमा बस्दै आएको छ । गलकोट नगरपालिका–६ चरौंदीमा सात रोपनी व्यवस्थापन गरेर भवन निर्माण थालेको पालिकाले अहिले भाडाको घरबाट सेवा संचालन गर्दै आएको हो ।

भाडाको घरबाट कार्यालय संचालन गर्दा सेवा प्रवाहमा समस्या हुने गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । लामो समयसम्म निर्माण कम्पनीले ढिलासुस्ती गर्दा नगरपालिकाले वर्षेनी लाखौँ रकम घर भाडामा खर्चनु परेको सुनाउनुभयो ।

अहिलेसम्म आधा काम पनि नहुँदा म्याद थप गरेको समयमा भित्र सम्पन्न हुने संभावना कम भएको भण्डारी बताउनुहुन्छ । आफूहरुले बारम्बार ठेकेदारलाई काम गर्न आग्रह गरे पनि बेवास्ता गरेको उहाँको भनाइ छ ।

“यो भवन एक वर्ष अगाडिनै सकिनु पथ्र्यो, विभिन्न समस्या होला भनेर नगरपालिकाले केही समय म्याद थप गरि दियो, तर अहिले पनि निर्माण कम्पनीले उदासिनता देखाएको छ,” प्रवक्ता भण्डारीले भन्नुभयो – “अझै एक तला ढलान गर्न र अन्य काम गर्न बाँकी छ, अरुको घर भाडामा लिएर काम गर्दा समस्या भएको छ, एउटा घरमा सबै शाखाहरु राख्न सकिदैन, धेरै घरमा राख्दा सेवाग्राहीलाई पनि समस्या हुने गरेको छ ।”

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै