• १८ श्रावण २०८३, सोमबार
  • ०३:४५:५५

Now:

Next: शुभारम्भ धुन

जलजलामा अविरल वर्षाले एक घरमा क्षति, अर्को घरमा सरेपछि जोगियो परिवार

बडिगाड: बडिगाड गाउँपालिका ४ जलजला साविक वडा नं. ९, नैतुल छापहिलेमा पहिरोको कारण १ घरमा क्षति पुगेको छ। स्थानीय दुर्गा बहादुर दर्लामीको गोठसाले घरमा आज राति परेको अविरल वर्षाका कारण पूर्णरूपमा क्षति भएको छ।

घटनामा कुनै मानवीय क्षति नभए पनि घरभित्र रहेका लत्ताकपडा तथा खाद्यान्न पुरिएको छ भने घरमा पनि पुर्ण रुपमा क्षेति पुगेको छ । क्षतिग्रस्त घरबाट उद्धार तथा आवश्यक सहयोगका लागि स्थानीय जनसमुदाय जुटिरहेको साथै तथ्याङ संकलनको कार्य भइरहेको वडिगाड गाउँपालिका ४ का वडाध्यक्ष मिलन रेश्मीले बताउनुभएको छ ।

मध्यरातमा अविरल पानी परेपछि बस्दै आएको घरमा जोखिम बढेपछि सम्पुर्ण परिवार अर्को घरमा सरेको हुदा मानविय क्षति हुन नपाएको पनि वडाध्यक्ष रेश्मीले बताउनु भयो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै