उर्लिएकाे कालीगण्डकीमा हेर्ने क्रममा लडेर स्थानीयको मृत्यु
बागलुङ । अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।
कालीगण्डकीले पर्वतको जलजला स्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भईरहेको कटान हेर्ने क्रममा लडेर बागलुङ नगरपालिका –४ ओढारचौरको ढिकबाट लडेर स्थानीय ५५ वर्षीय चित्र गोतामेको आईतबार बेलुका मृत्यु भएको जिल्ला प्रहरीकार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।
कालीगण्डकीमा बढेको बहावपछि भएको कटान हेर्न ढिकमा गएका गोतामे भीरबाट झण्डै १०० मिटर तल खस्दा घटनास्थलमै मृत्युभएको थियो।


प्रतिकृया दिनुहोस