• १९ असोज २०८३, सोमबार
  • ०५:४८:१८

Now: धौलागिरी हालचाल

Next: कायाकैरन

शनिवार र आईतबार खर्वाङमा व्यक्तित्व विकास तथा स्वस्थ जीवनशैली शिविर हुने

संकेतिक फाेटाे

खर्वाङ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, खर्वाङको आयोजनामा ‘व्यक्तित्व विकास एवं स्वस्थ जीवन शैली’ विषयक निःशुल्क तथा खुला स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।  

आउदो शनिवार र आईतबार असोज १७ र १८ गते दुई दिन सञ्चालन हुने शिविरमा घर र भान्छामा उपलब्ध प्राकृतिक विधि र अनुभूत औषधीहरूमार्फत विभिन्न रोगहरूको उपचार तथा रोकथामबारे जानकारी गराइने आयोजकले जनाएको छ। 

यसका साथै तनावमुक्त जीवन, सकारात्मक सोच, शारीरिक व्यायाम र ध्यान समेत गराइनेछ। शिविरमा मुख्य प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जीवन– प्रवन्धन तथा माइण्ड–मेमोरी एक्सपर्ट, राजयोगी एल. पी. पोखरेल रहनेछन । 

जिसस हल खर्वाङमा हुने शिविर बिहान ११ बजेदेखि १ बजेसम्म संचालन हुने आयाेजकले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑