ताराखोला गाउँपालिकाको राहत तथा पुनर्स्थापनाका लागि सहयोग अपिल
बागलुङ । गत असोज ११ गतेसम्म परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति व्यहोरेको पश्चिम बागलुङको ताराखोला गाउँपालिकाले पीडितलाई उद्वार, राहत र पुनस्र्थापनाको लागि सहयोगको अपिल गरेको छ ।
वर्षाका कारण बाढीपहिरोमा परेर ताराखोला गाउँपालिकामा ३ जनाको ज्यान गएको थियो । साथै, ५ वटै वडामा व्यापक भौतिक क्षति पु¥याएको थियो । गाउँपालिकाका नागरिकको घरदैलोसम्म पुग्ने सडक सञ्जाल, विद्यालय भवन, सार्वजनिक भवन, विद्युत् संरचना तथा प्रसारण लाइनमा समेत बाढीपहिरोले क्षति पुगेको छ ।
विस्थापित नागरिकको व्यवस्थापन तथा पुनस्र्थापनाका लागि वडा अध्यक्षहरूको नेतृत्वमा आवश्यक कार्य भइरहेपनि गाउँपालिका पूर्ण रूपमा संकटग्रस्त अवस्थामा रहेको र सीमित स्रोत–साधनका कारण पुनस्र्थापना तथा क्षतिग्रस्त पूर्वाधारहरूको पुननिर्माण गर्न स्थानीय स्रोत पर्याप्त नभएपछि गाउँपालिकाले सबैसंग सहयोगको अपिल गरेको गाउँपालिका अध्यक्ष धनबहादुर विकले भने ।
राहत सङ्कलन गरी एकद्वार प्रणालीबाट वितरण गरिने विकले बताए । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत, आधारभूत सेवा पुनःस्थापना तथा सडक, विद्युत् र सञ्चार सेवा सञ्चालनका लागि गाउँपालिका खटिरहेको छ ।
बुधबार बसेको कार्यपालिका बैठकले बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरुको राहत, पुनस्र्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि स्थानीय तह विपद् व्यवस्थापन कोष समेत स्थापना गरिएको अध्यक्ष विकले जानकारी दिए ।


रेडियो सारथी
प्रतिकृया दिनुहोस