निसीखोलामा अवैध भरुवा बन्दुक बरामद
बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका गाउँपालिका–१, सल्लेरी सामुदायिक वन भित्रको झाडीबाट प्रहरीले ७ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बुधबार बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा सल्लेरी सामुदायिक वनस्थित वनमाराको झाडीभित्र बेवारिसे बन्दुक प्रहरीले फेला पारेको हाे ।
जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचनाअधिकारी प्रहरी नीरिक्षक याम नारायण अर्यालका अनुशार झाडीभित्र लुकाइछिपाइ राखिएको ७ नाले भरुवा बरामद गरिएकाे जानकारी दिनुभयो । सूचना अधिकारी अर्यालका अनुसार उक्त बन्दुकहरू बरामद गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भैरहेको प्रहरी नीरिक्षक अर्यालको भनाई छ ।


रेडियो सारथी
प्रतिकृया दिनुहोस