• २४ श्रावण २०८३, आइतबार
  • १०:४२:४५

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

मुसिकोट नगरपालिकाले शुरु गर्‍यो नि-शुल्क आयुर्वेद स्वास्थ्य सेवा

वामीटक्सार । गुल्मीको मुसिकोट नगरपालिकाले लुम्बिनी प्रदेशसंगको साँझेदारीमा वामीटक्सार स्वास्थ्य चौकीमा नागरिक आरोग्य केन्द्र स्थापना गरेको छ । नागरिकको स्वास्थ्य उपचारसंगै स्वस्थ जिवनशैली, योग, ध्यान र पारामर्श सेवा दिनेगरी वामीटक्सार स्वास्थ्य चौकीमा सेवा केन्द्र स्थापना गरिएको वडाध्यक्ष हरिहर सापकोटले जानकारी दिए ।

वामीटक्सारमा नागरिक आरोग्य केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख जीवन खरेलले आजभोलि मानिसहरू खानपान र अव्यवस्थित जीवनशैलीका कारण सानै उमेरमा कडा रोगको शिकार भइरहेको बताउदै आरोग्य केन्द्रले रोग लागिसकेपछि अस्पताल धाउने परिपाटीलाई बदलेर, रोग लाग्नै नदिने जीवनशैली सिकाउने विश्वास व्यक्त गरे । 

“नागरिक आरोग्य केन्द्र हाम्रा परम्परागत आयुर्वेदिक ज्ञान, योग र आधुनिक स्वास्थ्य चेतनाको सङ्गमस्थल हो ।” नगरप्रमुख खरेलले भने “निरोगी नेपालको राष्ट्रिय संकल्पलाई स्थानीय स्तरमा साकार पार्न यो केन्द्रले मेरुदण्डको काम गर्नेछ ।”

सेवा केन्द्र प्रमुख आयुर्वेद बैध सुवेक्षा थापाले नागरिकले सेवा केन्द्रबाट नसर्ने रोग जस्तै मधुमेह, रक्चाप, मोटोपन, तनाब, निद्रा नलाग्ने, मलद्धार तथा पेट सम्बन्धी विभिन्न रोगको नि शुल्क सेवा लिन सक्ने बताईन् । जडिबुटीबाटै बनेका विभिन्न ३५ प्रकाकार आयुर्वेद औषधी समेत सेवा केन्द्रबाट नि शुल्क उपलब्ध हुने उनले बताईन् ।

नागरिक आरोग्य केन्द्र संचालनको लागि लुम्बिनी प्रदेश सरकारले आवश्यक जनशक्ति, जिल्ला आयुर्वेद केन्द्रले नियमित औषधी तथा थप आवश्यक औषधीको नगरपालिका आफैले व्यवस्थापन गरेको मुसिकोट स्वास्थ्य शाखाका प्रमुख पुष्कर गौतमले जानकारी दिए । केन्द्रको आफ्नै भवन पनि वामीटक्सारमा निमार्णधिन अवस्थामा रहेको उनले बताए ।

सेवा शुरूवात गरेकाे दिन आज सात जना सेवाग्राहीकाे स्वास्थ्य जाँच गरिएकाे स्वास्थ्य शाखाका कम्पुटर अपरेटर भानुभक्त पाैडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै