• २४ श्रावण २०८३, आइतबार
  • १०:४६:०८

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

खौलारमा जिप र ट्याक्सी ठोकिंदा चार जना घाईते

खर्वाङ । बडिगाड गाउँपालिका ५ खौलारमा आज जिप र ट्याक्सी एकआपसमा ठोकिदा चार जना घाईते भएका छन् ।

खौलारबाट खर्वाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ ज ००७३ नम्बरको जिप र न्वारबाट खारतर्फ जाँदै गरेको ध १ ज ११२८ नम्बरको ट्याक्सी खौलारमा एकआपसमा ठोकिंएर दुर्घटना भएको बडिगाड गाउँपालिका नगर प्रहरी हवलदार कमल रानाले जानकारी दिए ।

दुर्घटनामा ट्याक्सी चालक बडिगाड गाउँपालिका–५ का २६ वर्षिय आकाश महत र ढोरपाटन नगरपालिका–४ का ६१ वर्षिय ख प्रसाद फगामी घाइते भएको र उपचारको लागि पोखरा रिफर गरिएको खार प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्याम सुन्दर शाहले बताए ।

घाईतेहरुमध्ये अन्य दुई जना उपचारपछि घर फर्किएका छन । ढोरपाटन नगरपालिका–१ की २४ वर्षिय बिना पुन काउचा र बडिगाड गाउँपालिका–५ न्वार की ६० वर्षिय मिना आचार्य बडिगाड आधारभुत अस्पतालमा उपचार पछि घर फर्किएका हुन ।

जिप चालक निसीखोला गाउँपालिका–५ का २३ वर्षिय किरण विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै