• २४ श्रावण २०८३, आइतबार
  • १०:४५:१३

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

बागलुङमा वृद्धाको सुनको रिङ लुटपाट गर्ने युवक पक्राउ

बागलुङ । बागलुङमा एक वृद्ध महिलालाई डर/धम्की दिएर कानमा लगाएको सुनको रिङ लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको बरेङ गाउँपालिका ३ का १९ वर्षीय सन्दीप रुचाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार उनले हिजो बिहान बरेङ गाउँपालिका ३ बाटाकाचौर मजुवास्थित घरको आँगनमा बसिरहेकी ८९ वर्षीया मैसरी काउछाले लगाएकाे ४.३८ ग्रामको सुनको रिङ लुटेर भागेका थिए । 

काउछालाई डर/धम्की दिई उनको बायाँ कानको सुनको रिङ लिएर भागेका रुचाललाई बरेङबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान गर्न बागलुङ जिल्ला अदालतबाट आज ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै