• २ भदौ २०८३, मंगलबार
  • १९:०७:०२

Now: सारथी हालचाल

Next: पुराना लोक दोहोरी गीत

श्रीमान–श्रीमती किन छुट्टाछुट्टै सुत्ने ?

‘स्लीप डिभोर्स’ले सम्बन्ध बलियो बनाउँछ

काठमाडौं। यदि तपाई आफ्नो पार्टनरको घुर्ने वा उसको अनौठो सुत्ने बानीबाट हैरान हुनुहुन्छ भने उनीसँग ‘स्लीप डिभोर्स’ लिनुहोस्। नआत्तिनुहोस्, यो विच्छेदले सम्बन्ध टुट्दैन, बरु बलियो बनाउँछ। एक महिलाको वैवाहिक जीवन ट्र्याकमा चलिरहेको हुन्छ। न कुनै झगडा, तर पनि राती उनी श्रीमानसँग सुत्नुको सट्टा छुट्टै कोठामा सुत्छिन्।

एक दिन उनको घरमा आएकी उनको साथी छक्क परिन् र यसको कारण सोधिन्, किनभने उनले सोचिन् कि उनीहरुमा झगडा भयो। तर महिलाले हाँस्दै भनिन्, ‘हामीले कुनै झगडा गरेका थिएनौँ, हामीले ‘स्लीप डिभोर्स’ मात्र गरेका थियौँ। उनकी साथीले यो शब्द पहिलो पटक सुनेकी थिइन्।

डिभोर्स भन्ने शब्द सुन्नेबित्तिकै हाम्रो दिमागमा दुई व्यक्तिबीचको सम्बन्ध विछोडको छवि उब्जिन्छ, तर ‘स्लीप डिभोर्स’मा त्यस्तो केही हुँदैन। फरक तरिकाले सुत्नु भनेको तपाईको निद्राको आवश्यकता तपाईको पार्टनरको आवश्यकतासँग मेल खाँदैन भन्ने हो। पति–पत्नीबाट टाढा छुट्टै ओछ्यान वा छुट्टै कोठामा सुत्ने यो अवधारणालाई ‘स्लीप डिभोर्स’ भनिन्छ।

स्लिप डिभोर्स शब्द पहिलो पटक कहिले प्रयोग भएको थियो भन्न गाह्रो छ। तर २०१३ देखि, यो शब्द पत्रपत्रिकामा पढ्न सकिन्छ। राम्रो निद्रा र स्वास्थ्यसँग सम्बन्धित हालैका धेरै अनुसन्धानहरूमा पनि यो शब्द द्रुत रूपमा देखा परेको छ। धेरै विशेषज्ञहरूले राम्रो स्वास्थ्यलाई राम्रो निद्रासँग जोड्छन्। स्लिप डिभोर्सले सम्बन्धलाई बलियो बनाउने मात्र होइन स्वास्थ्यमा पनि सुधार ल्याउने उनीहरुको विश्वास छ।

सँगै सुत्दा पति–पत्नीको वैवाहिक सम्बन्ध मजबुत हुन्छ भन्ने सम्बन्ध विज्ञहरु अहिले सम्म मान्दै आएका छन् भने छुट्टै सुत्नु पर्ने आवश्यकता के हो ? वास्तवमा, जीवनसाथीसँगको सम्बन्ध सामान्य भए पनि कहिलेकाहीँ छुट्टै ओछ्यानमा सुत्दा आराम हुन्छ। दिनभरको कामले थकित भएर ओछ्यानमा लडिन्छ। यस समयमा हामी शान्ति चाहन्छौं। आफ्नो मनपर्ने स्थितिमा सुत्न सकन्छि।

जस्तै आफ्नो खुट्टा झुलाएर, विस्तारित तथा आफ्नो छेउमा घुमाएर ओछ्यानमा फैलाएर सुत्दा यसले हाम्रो पार्टनरलाई समस्या निम्त्याउन सक्छ, जसका कारण हामी राम्ररी सुत्न सक्दैनौं। यसरी या त निन्द्रा नै लाग्दैन वा गहिरो निन्द्रा पर्दैन। यसले स्वास्थ्य र मानसिक समस्या निम्त्याउँछ। त्यसैले, तपाईं अलग सुत्न आवश्यकता महसुस गर्न सक्नुहुन्छ।

स्लिप डिभोर्स शब्द हाम्रो लागि नयाँ हुन सक्छ, तर अलग सुत्ने अवधारणा हाम्रो लागि नयाँ छैन। संयुक्त परिवारमा निश्चित उमेरपछि एउटै कोठामा बस्दा पनि श्रीमान्–श्रीमतीको ओछ्यान छुट्टाछुट्टै बसेको देखिन्छ, जसका विभिन्न कारण हुन सक्छन्।

साथै, पुरानो जमानामा हाम्रो समाज व्यवस्थामा घरका पुरुष र विशेषगरी बूढापाकाको ओछ्यान बाहिर र महिला र बालबालिकाको ओछ्यान भित्री आँगन वा कोठामा हुन्थ्यो। यो व्यवस्था आज पनि गाउँघरमा देख्न सकिन्छ। सहरहरूमा पनि धेरै काम गर्ने जोडीहरू आरामसँग सुत्नको लागि छुट्टै सुत्न रुचाउँछन्। कहिलेकाहीँ सानो घर र बालबालिकाको उपस्थिति पनि यसको कारण बन्न सक्छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै