• २ भदौ २०८३, मंगलबार
  • १९:०६:१७

Now: सारथी हालचाल

Next: पुराना लोक दोहोरी गीत

बडिगाडकाे दर्लिङखाेलामा पहिरोले १० घर उच्च जोखिममा, मुख्य सडक पुर्ण अबरुद्ध

खर्वाङ । लगातार वर्षापछिको पहिरोले बडिगाड गाउँपालिका ९ दर्लिङखोलाका दर्जनौ घर उच्च जोखिममा परेका छन भने मुख्य सडक पुर्ण अबरुद्ध छन । वडाका खहरे तथा बल्घास आसपासका १५ घर जोखिममा परेका वडाध्यक्ष कृष्ण केसीले जानकारी दिए । १५ मध्ये १० घर उच्च जोखिममा छन । पहिरोले मुख्य सडक पनि अबरुद्ध हुदाँ वडा र पालिकाको सडक सम्र्पक पुर्ण रुपमा टुटेको छ ।

सडकका ठाँउ ठाँउमा पहिरो तथा दर्लिङ खोला घाट पुर्ण रुपमा क्षती भएपछि सडक पुर्ण रुपमा ठप्प बनेका हुन । “मध्यपहाडि लोकमार्गबाट वडा नं. ९ हुदै १० दर्लिङ जाने सडक तथा छिपछिपे उपल्लाचौर राखिचौर हुदै गुल्मी जोड्ने सडक तत्काल खुलाउन नसकिने गरि क्षती भएको छ ।” वडाध्यक्ष केसीले भने “दर्लिङ खोला घाटमा सानो मेसिनले काम गर्न सकिने अबस्था छैन सडकका अन्य स्थानको अवस्था पनि त्यस्तै छ ।”

पहिरोकै कारण नवजागरण प्राविको कम्पाउन्ड वालमा क्षती पुगेपछि विद्यालय जोखिममा परेको छ । खहरे, बलघास क्षेत्रका स्थानिय मने क्षेत्री, बाक्सीङ कामी, माया विक, राम प्रसाद न्यौपाने, बास्मती दमाई, खिमे दमाई, आन्नद केसी लगाएतको घर उच्च जोखिममा रहेको वडा सदस्य लाल बहादुर छन्त्यालले जानकारी दिए ।

घर जोखिममा परेका स्थानिय रातमा छिमेकीकोमा आश्रय लिन बाध्य छन । उनका अनुशार अझै केहि दिन वर्षा भए वडामा ठुलो भौतिक तथा मानविय क्षती हुने जोखिम छ ।

खहरेकी सुनिता विकले पहिरोका कारण घरमा क्षती पुगेपछि छिमेकीको साहरामा रात कटाउनु परेको गुनासो गरिन् । “गत वर्ष पनि घरमा पहिरोले क्षती गरेको थियो । राहत त्यो बेला पनि कहि कतै बाट मिलेन ।” सुनिताले भनिन्न् “अहिले पनि बुढी सासु, स–साना दुई छोरा सहित श्रीमान र मेरो बास दिउसो जसो तसो आफ्नै घरमा कटाएपनि राति छिमेकीकोमा जान परेको छ ।”

पहिरोले बडिगाड ९ मा मकै र कोदोबालिमा समेत ठुलो क्षती गरेको वडाध्यक्ष कृष्ण केसीले बताए । प्रहरी र पालिकासंग राहत र जोखिम न्युनिकरणको लागि समन्व्य भईरहेका पनि उनले बताए ।

यस्तै पहिरोले बडिगाड ५ ग्वालिचौरको भिरकटेर प्राविको कम्पाउन्ड वालमा भत्किदा विद्यालय जोखिममा परेको स्थानिय जिवन घिमिरे जानकारी दिए । निरन्तरको वर्षाले बडिगाडका ग्रामीण सडक सबै प्राय अबरुद्ध छन । विसं. २०८१ साउनमा समेत बडिगाड ९ र १० मा पहिरोले मानविय तथा करोडौका भौतिक संरचनामा क्षती गरेको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै