• २ भदौ २०८३, मंगलबार
  • १९:०६:१६

Now: सारथी हालचाल

Next: पुराना लोक दोहोरी गीत

मुसिकोटले वामीटक्सारमा संचालन गर्‍यो सहुलियत फार्मेसी

वामीटक्सार । गुल्मीको मुसिकोट नगरपालिकाले नगरवासीलाई लक्षित गरी सहुलियतपूर्ण फार्मेसी सेवा शुरु गरेको छ । नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज र सुलभ पहुँच र्पुयाउने उद्देश्यले लोककल्याणकारी कार्यक्रमअन्तर्गत वामीटक्सारमा सेवा सुरु गरिएको नगर प्रमुख जिवन खरेलले बताए ।

उनले औषधिको महँगीबाट स्थानीयलाई राहत दिन सहुलियतपूर्ण फार्मेसी सञ्चालनमा ल्याएको बताए । “यस कार्यक्रमले विपन्न तथा न्यून आय भएका नागरिकलाई ठूलो आर्थिक राहत पुग्ने छ ।” नगर प्रमुख खरेलले भने ।

मुसिकोट नगरपालिका र गेट वेल फार्माको संयुक्त सहकार्यमा वामीटक्सारमा सञ्चालनमा ल्याइएको उक्त फार्मेसीबाट औषधि गरिद गर्दा मुसिकोट नगरपालिकाका स्थायी बासिन्दाले २५ प्रतिशत र नगरबाहिरका अन्य सेवाग्राहीले १० प्रतिशत छुट प्राप्त गर्ने छन । 

छुट सुविधा प्राप्त गर्न मुसिकोटका नगरवासीले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात (नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा ड्राइभिङ लाइसेन्स) पेश गर्नुपर्ने फार्माका संचालक दिपेन्द्र ज्ञवालीले जानकारी दिए । 

नगर अस्पतालको आफ्नै भवन वा सेवा पूर्ण रूपमा सञ्चालनमा नआउन्जेलका लागि सहुलियतपूर्ण सेवा लुम्बिनी वामी हस्पिटलको फार्मेसीमार्फत उपलब्ध गराइने उनले बताए ।

गत साउन १ गते पालिका र फर्माबिच हुलियत फार्मेसी संचालन गर्न सहमति गरिएको थियो । फर्मा संचालनका लागि मुसिकोट नगरपालिकाले १५ प्रतिशत र गेट वेल फार्माले १० प्रतिशत लागत व्यहोर्ने स्वास्थ्य शाखा प्रमुख पुष्कर गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै