• २ भदौ २०८३, मंगलबार
  • १९:०८:१५

Now: सारथी हालचाल

Next: पुराना लोक दोहोरी गीत

सारथीकर्मी पाठक उत्कृष्ट समाचारदाताका रूपमा सम्मानित

बडिगाड: सारथीकर्मि अनिष पाठक सम्मानित बागलुङमा हुनुभएको छ । ढोरपाटन दैनिकको २४ औँ वार्षिकोत्सवका अवसरमा बागलुङ बजारमा आयोजित एक विशेष कार्यक्रममा पाठक, उत्कृष्ट समाचारदाताका रूपमा नगद १५ हजार सहित सम्मानित हुनुभएकाे हाे।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले पाठकलाई सम्मान गर्नुभएको थियाे। ढाेरपाटन संवाददाताकाे रूपमा समेत काम गर्ने पाठक रेडियो सारथी १०७.४ मेगाहर्जका समाचार प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ।

स्थानीय तथा समसामयिक विषयबस्तुमा निरन्तर समाचार सम्प्रेषण गर्दै पत्रकारिताको क्षेत्रमा र्पुयाएको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको संस्थाले जनाएको छ । 

उत्कृष्ट समाचारदाताका रूपमा सम्मानित भएपछि पाठकले आगामी दिनमा अझ जिम्मेवार र तथ्यपरक पत्रकारितामार्फत समाज र नागरिकका आवाजलाई निरन्तर उजागर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै