बडिगाड जोगीवगरमा पहिरोले घर भत्कियो
खर्वाङ । निरन्तरको झरीले बडिगाड गाउँपालिकाको एक घरमा क्षती पुगेको छ । आज साँझ झरीसंगै घरमाथिबाट आएको पहिरोले बडिगाड गाउँपालिका–५ जोगीवगरमा स्थानीय लोकबहादुर थापाको घरमा क्षति पुगेको हो ।
वडा अध्यक्ष विष्णुप्रसाद आचार्यका अनुशार पहिरोका कारण घरमा क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन । अहिले थापा परिवारलाई सुरक्षित स्थानमा छिमेकीको घरमा सारिएको आचार्यले जानकारी दिए ।
अहिले पनि बडिगाड आसपासमा निरन्तर वर्षा भईरहेकोले सावधानि अपनाउन नगर प्रहरी हवलदार कमल रानाले अनुरोध गरे ।
रानाले ग्रामीण सडक तथा लोकमार्गमा पनि जोखिम कायम रहेकाले सकभर रातिमा यात्रा नर्गन तथा पहिरोको जोखिम भएका क्षेत्रमा सतर्क रहन तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेका हुन ।


अनिष पाठक
प्रतिकृया दिनुहोस