निसिखोलामा ४० घर पहिरोकाे उच्च जोखिममा
खर्वाङ । गयराती निरन्तरको वर्षापछि आज विहान पहिरो खस्दा बागलुङ पश्चिमको निसिखोला गाउँपालिका २ का चालिस घर उच्च जोखिममा परेका छन ।
उपल्ला वेङ्ग्री हाडिचौरबाट खसेको पहिरोले निसिखोला गाउँपालिका धाराटोल सहित तल्लो क्षेत्रका स्थानिय जाेखिममा परेका वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।
पहिरोले धाराटोलका धनबहादुर खत्री, राजन परियार, दीपक परियार, ज्ञानबहादुर परियार, हरिकला घर्ती, तारा घर्ती, देविराम घर्ती र टिका घर्तीको घर, शौचालय, गोठमा विहानै क्षति गरेको छ भने मानविय क्षती भने नभएको वडाध्यक्ष विश्वकर्माले बताए ।
उपल्ला वेङ्ग्री हाडिचौर बासखोला जान खोलिएको नयाँ सडकबाटै पहिरो अहिले पनि निरन्तर खसिरहेको छ । जसले धाराटोल सहित तल्लो क्षेत्रका बस्ती समेत जोखिममा परेका छन । विहानै देखि निरन्तर पहिरो खसिरहेका कारण स्थानिय त्रसित छन ।


अनिष पाठक
प्रतिकृया दिनुहोस